गठबन्धन फुट्यो, हाम्रो हातमा केही रहेनः रामचन्द्र पौडेल

गठबन्धन फुट्यो, हाम्रो हातमा केही रहेनः रामचन्द्र पौडेल


काठमाण्डु- नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सत्ता गठबन्धन फुटेको बताएका छन् ।

आइतवार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकपछि उनले सञ्चारकर्मीहरूसँग गठबन्धन फुटेको बताएका हुन् । सञ्चारकर्मीहरूसँग कुरा गर्दै पौडेलले भने, ‘ गठबन्धन भत्कियो, अब हाम्रो हातमा केही रहेन ।’

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको छलफल जारी रहेकै अवस्थामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटारबाट बाहिरिएका थिए ।

उनी बालुवाटारबाट सिदै बालकोट लागेका छन् । उनले प्रचण्डले गठबन्धन विसर्जन गरेर गएको बताए । ‘उहाले गठबन्धन बालुवाटारमा विसर्जन गरेर जानुभयो’, पौडेलले भने ।

नयाँ सरकार गठनका विषयमा देउवासँग छलफलका लागि बालुवाटार पुगेका नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल पनि बाहिरिएका छन् ।