चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लगियो

चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लगियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लगिएको छ।

सांसद भण्डारी र उनकी आमा ग्यास सिलिन्डर विस्फोटबाट गम्भीर घाइते भएका थिए। उनकी आमाको भने उपचारका क्रममा निधन भइसकेको छ ।

बुधबार राती बुद्धनगरस्थित निवासमा ग्यास सिलिन्डर विस्फोट हुँदा सांसद भण्डारी र उनकी आमा हरिकला जलेर घाइते भएका थिए।