माधव नेपाल र सुवास नेम्वाङमध्ये एकलाई राष्ट्रपति बनाउन प्रचण्डलाई ओलीको प्रस्ताव

माधव नेपाल र सुवास नेम्वाङमध्ये एकलाई राष्ट्रपति बनाउन प्रचण्डलाई ओलीको प्रस्ताव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच निरन्तर छलफल भइरहेको छ । राष्ट्रपति निर्वाचनमा कसलाई उम्मेदवार बनाउने भन्नेबारे सहमति जुटाउने प्रधानमन्त्री प्रचण्ड र ओलीबीच निरन्तर छलफल भइरहेको हो ।

निरन्तर यी दुई नेता छलफलमा जुटे पनि यस विषयमा सहमति भने जुट्न सकेको छैन । यसैबीच बुधबार बिहान पनि ओली राष्ट्रपति निर्वाचनबारे छलफल गर्न बालुवाटार पुगे । बालुवाटारमा प्रचण्डसँग अध्यक्ष ओलीले पुस १० गते भएको सहमति अनुसार नेकपा एमालेले राष्ट्रपति पाउनुपर्ने माग राखे ।

तर, प्रचण्डले भने उही पुरानो अडान, राष्ट्रिय सहमति हुनुपर्ने जिकिर गरे । त्यसपछि ओलीले प्रचण्डसँग नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र एमाले नेता सुवास नेम्वाङ मध्ये एक जनालाई राष्ट्रपतिको उम्मेदवार बनाउनु पर्ने बताए ।

ओलीले यी दुई नेता मध्ये एक जनालाई राष्ट्रपतिको उम्मेदवार बनाउनु पर्ने माग राखेपछि प्रचण्डले भने जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग छलफल गर्ने जवाफ दिए । माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाए नेपाली कांग्रेसले पनि साथ दिने ओलीको ठहर छ ।

नेकपा एसलाई नेकपा एमालेमा गाभ्ने शर्तमा माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउने रणनीति ओलीको छ । यसका लागि ओलीले माधव नेपालसँग आइतबार यसबारेमा छलफल गरिसकेका छन् ।

यता नेकपा एकीकृत समाजवादीले राष्ट्रपतिको प्रस्ताव आएको खण्डमा स्विकार गर्ने निर्णय गरिसकेको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको नेकपा एसको सचिवालय बैठकले सत्ता गठबन्धनबाट राष्ट्रपतिको प्रस्ताव आए स्विकार गर्ने निर्णय गरेको हो । मधव नेपालले भने आफूलाई ओलीले राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरेको दाबी गरेका छन् ।