काठमाण्डु – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडल जी-२० का अर्थमन्त्रीको सम्मेलनमा भाग लिन आज अपराह्न भारत प्रस्थान गरेका छन्। सम्मेलन फागुन १२ र १३ गते भारतको बैङ्लोरमा हुने कार्यक्रम छ ।
सो अवसरमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले भारतलगायत विभिन्न देशका समकक्षीसँग छलफल गर्ने जनाइएको छ । उनीसँगै अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल पनि सहभागी छन् ।
जी–२० को सदस्य नेपाल नरहे पनि भारतले अध्यक्षता लिएका बेला सम्मेलनमा भाग लिन नेपाललाई निमन्त्रणा गरेको थियो । जी-२० मा भारत, चीन, जापान, अमेरिका, बेलायतलगायत राष्ट्र छन् । उपप्रधानमन्त्री पौडेल फागुन १३ गते स्वदेश फर्ने अर्थ मन्त्रालयले जनाएको छ ।




प्रतिक्रिया