काठमाण्डु – नेकपा माअोवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरुबीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएकाे हाे ।
चुनावअघिको पाँच दलीय गठबन्धन ब्यूँताउने गृहकार्य भइरहेको बेलामा उनीहरुले राष्ट्रपति निर्वाचनको विषयमा छलफल गर्न लागेका हुन् ।
छलफलमा जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ पनि सहभागी छन्। छोटो समय भएको भेटघाटमा जसपा अध्यक्ष यादले उपराष्ट्रपतिको अडानलाई दोहोर्याएका थिए।




प्रतिक्रिया