राष्ट्रपति निर्वाचन : आज अन्तिम नामावली प्रकाशन, भोलि उम्मेदवारी दर्ता 

राष्ट्रपति निर्वाचन : आज अन्तिम नामावली प्रकाशन, भोलि उम्मेदवारी दर्ता 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु  – राष्ट्रपति निर्वाचनअन्तर्गत आज मतदाताको अन्तिम नामावली प्रकाशन हुनेछ । मतदाता नामावलीमा समावेश नाममा दाबी विरोध, उजुरी र छानबिनपछि आयोगले आज नामावली प्रकाशन गर्न लागेको हो ।

प्राप्त निवेदनका सम्बन्धमा छलफल गरी निर्वाचन अधिकृतको कार्यालयले आज मध्याह्न १२ बजे राष्ट्रपतिको निर्वाचनका लागि मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने जनाएको छ ।

भोलि उम्मेदवारी दर्ता हुनेछ।राष्ट्रपति निर्वाचन फागुन २५ हुँदैछ ।अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई मतदानस्थल तोकिएको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा ८८१ मतदाता छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आउँदो २८ फागुनमा सकिँदैछ ।