दैजी-जोगबुढा सडकखण्ड सुचारु, शनिवारदेखि गाडी चल्ने

दैजी-जोगबुढा सडकखण्ड सुचारु, शनिवारदेखि गाडी चल्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

टक खाती, काठमाण्डु- कञ्चनपुरको दैजीदेखि डडेल्धुराको जोगबुढासम्मको सडकखण्ड सुचारु भएको छ । वर्षायाम लागेदेखि अवरुद्ध दैजी-जोगबुढा सडक खण्ड शनिवारदेखि सञ्चालनमा आउने भएको हो ।

ठाउँ-ठाउँमा पहिरो गएका कारण उक्त सडकखण्डमा यातायता सेवा ठप्प भएको थियो । चौतर्फी दबाब सृजना भएपछि अवरुद्ध दैजी- जोगबुढा सडकखण्ड सुचारु हुनुका साथै भोलीदेखि गाडी चल्ने भएका छन् ।

लामो समयदेखि अवरुद्ध उक्त सडकखण्ड भोलीदेखि सञ्चालनमा आउने परशुराम नगरपालिका १० का स्थानीय जयराज विष्टले बताएका छन् ।

यो पनि पढ्नुहोस्, देउवाले आश्वासन दिएको ३२ वर्ष पुग्दापनि दैजी-जोगबुढा सडक बनेन, वर्षायाम लागेदेखि यात्रु मारमा!