अखिल (क्रान्तिकारी) काठमाडौँ जिल्लाको एकता भेला सम्पन्न

अखिल (क्रान्तिकारी) काठमाडौँ जिल्लाको एकता भेला सम्पन्न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी) काठमाण्डु जिल्लाको एकता भेला सम्पन्न भएको छ ।

काठमाण्डुमा शनिबार सम्पन्न एकता भेलाले संयोजकमा मिम बहादुर ऐडी र सह संयोजकमा कल्पना तामाङ र दिनेश नेपालीको नेतृत्वमा ५५ सदस्य जिल्ला सम्मेलन आयोजक समिती गठन गरेको हो ।

संगठनका केन्द्रीय संयोजक मिलन राईको प्रमुख आथित्यतामा सम्पन्न भेलामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका काठमाण्डु जिल्ला सह संयोजक रणबहादुर बिकको विशेष आथित्यता रहेको थियो ।

त्यस्तै अन्य अथितिहरुमा संगठनका केन्द्रीय सह(संयोजक बिरेन्द्र शाह, कार्यालय सदस्य तथा छात्रा बिभाग प्रमुख रुपा बुढामगर, सचिवालय सदस्य तथा प्रदेश नं। ३ संयोजक उषाकिरण आजात, सह(संयोजक हरि बिष्ट, सचिवालय सदस्यद्धय गोबिन्द बिष्ट, डिबी शाही, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य हरि चन्द अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य तथा क्याम्पस जिल्ला संयोजक बिरेन्द्र नेपाली, सह(संयोजक तथा त्रिचन्द्र क्याम्पस अध्यक्ष स्मृति कार्की, केन्द्रीय सदस्य तथा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस संयोजक राजन साउद, केन्द्रीय सदस्य तथा आरआर क्याम्पस संयोजक सर्जन पाण्डे, केन्द्रीय सदस्य पशुपति क्याम्पस संयोजक स्टालिन बस्नेत, केन्द्रीय सदस्य राहुल, संकरदेव क्याम्पस संयोजक लोकराज शाही, युवा संगठनका नेता बादल घर्ती लगायत विद्यार्थी तथा पार्टीका नेताहरुको उपस्थिति रहेको थियो ।