बर्दिया कारागारबाट कैदी फरार

बर्दिया कारागारबाट कैदी फरार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बर्दिया – बर्दिया कारागार गुलरियाबाट आइतबार एक कैदी फरार भएका छन् । आइतबार बिहान ३ बजे कारागार भवनको छत चढेर पर्खालबाट हामफालेर कैदी अजित बुढाक्षेत्री फरार भएका प्रहरीले जनाएको छ ।

हत्या अभियोगमा जेल जीवन बिताइरहेका बुढाक्षेत्री फरार भएका हुन् । उनको खोजी भइरहेको प्रहरीको भनाइ छ । २०७१ सालमा ठाकुरबाबा–८ का जोरासिंह थापाको हत्या अभियोगमा उनी कर्तव्यज्यान मुद्दामा ३० वर्ष सजाय भोगिरहेका थिए ।