बालेनले हटाए विवादित स्टाटस

बालेनले हटाए विवादित स्टाटस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र साहले दुई दिनअघि फेसबुकमा लेखेको विवादित स्टाटस हटाएका छन् । उनले सोमबार बिहान उक्त स्टाटस हटाएका हुन् ।

‘आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’, शनिबार बेलुका मेयर शाहले सामाजिक सञ्जालमा  स्टाटस लेखेका थिए ।

आफ्नी श्रीमती चढेको महानगरपालिकाको गाडीलाई ट्राफिक प्रहरीले रोकेर केरकार गरेको झोकमा बालेनले फेसबुकमा उत्तेजक अभिव्यक्ति दिएका थिए ।