सरकारले १०० रोपनी जग्गा उपलब्ध गराए क्रिकेट रंगशाला बनाउन पहल गर्छौं: मेयर बालेन

सरकारले १०० रोपनी जग्गा उपलब्ध गराए क्रिकेट रंगशाला बनाउन पहल गर्छौं: मेयर बालेन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र शाहले सरकारले महानगर वा आसपासमा सय रोपनी जग्गा उपलब्ध गराए क्रिकेट रंगशाला बनाउन पहल गरिने बताएका छन्।

नेपाल र भारतबीचको खेल हेर्न श्रीलंका पुगेका शाहले सरकारले जग्गाको व्यवस्था गरे महानगरका तर्फबाट क्रिकेट रंगशाला बनाउन पहल गर्ने घोषणा गरेका हुन्।

‘गजबको कुरा के थियो भने त्यहाँ खेल भइरहेको रंगशाला पनि हाम्रो त्रिविको क्रिकेट स्टेडियम जस्तै थियो, केहि प्याराफिट र अलि बढि सुविधा । नेपालमा त्यहि स्तरको रंगशाला जग्गा बाहेक ८०-९० करोडमा नै बन्छ सायद ।’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यसैले नेपाल सरकारले काठमाण्डु महानगर वा आसपासमा आवश्यक १०० रोपनी जग्गा उपलब्ध गराउँछ भने काठमाण्डु महानगरबाट रंगशाला बनाउन हामी पहल गर्नेछौँ ।  रंगशाला र केहि ठुला खेलहरु हुने हो भने खेल विकास हुन सक्छ । र, एकै खेलबाटै करोडौँ रकम आर्जन हुन सक्छ । त्यो बाहेक खेलाडि र तल्लोतहमा सिकाइ सुविधाका लागि अबको ३ बर्षमा सकेसम्म हरेक वडामा एक हुने गरि बलिङ नेट राख्ने प्रबन्ध पहिले नै गरि सकेका छौ ।’

बालेनले श्रीलंकाको अध्यागमनका कर्मचारी चकित पर्ने गरी नेपाली त्यहाँ पुगेकोसमेत बताएका छन् ।