काठमाण्डु – क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंमा आज बिहीवार आरोपी र पीडित दुवैको उपस्थितिमा सुनुवाइ भएको छ ।
न्यायाधीश शकुन्तला कार्कीको इजलासमा सरकारी वकिलबाट बहस भएको हो ।
अभियोगमा सरकारी वकिल सुरवीर परियारले बहस सकेका छन् भने वादी पक्षका अन्य वकिलहरूले बहस गरिरहेका छन् । वादी पक्षको बहसपछि प्रतिवादी सन्दीपको पक्षबाट बहस हुनेछ ।
आज बिहीबार दुवै पक्षको बहस सकिएमा फैसला आउनसक्ने जनाइएको छ । न्यायाधीश कार्कीले आफ्नो इजलासबाट पन्छाउन नचाहेमा हेर्दाहेर्दैमा राखेर बहसलाई निरन्तरता दिइनेछ ।
फैसला बहस सुन्न प्रतिवादी लामिछाने र वादी ‘गौशाला २६’ नामक पीडित किशोरी पनि इजलासमा उपस्थित भएका छन् ।
यसअघि १४ पटकसम्म पेशी तोकिए पनि अन्तिम सुनुवाइ हुन सकेको थिएन ।




प्रतिक्रिया