अस्ट्रेलिया पठाइदिन्छु भनी ९ लाख ठगी, सम्पर्कविहीन भएपछि प्रहरीद्वारा पक्राउ

अस्ट्रेलिया पठाइदिन्छु भनी ९ लाख ठगी, सम्पर्कविहीन भएपछि प्रहरीद्वारा पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अस्ट्रेलिया पठाइदिन्छु भनी ९ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएकी महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

भक्तपुरको मध्यपुर ठिमि नगरपालिका–४ स्थाई घर भई हाल काठमाडौं महानगरपालिका–२६ सामाखुशी बस्ने ५० वर्षीया रत्न केशरी श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

वैदेशिक रोजगारीका लागि अस्ट्रेलिया पठाइदिन्छु भनी आशामाया लामालाई २० लाख रुपैयाँ लाग्छ, अस्ट्रेलिया पुगेपछि होटलमा काम लगाइदिन्छु, मासिक ३ लाख रुपैयाँभन्दा धेरै तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी ९ लाख रुपैयाँ लिएर उनी सम्पर्कविहीन भएकी थिइन् ।

प्रलोभनमा पारी ठगी गरेकाले वैदेशिक रोजगार विभागबाट प्रहरी कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार भएकोमा प्रहरी टोलीले श्रेष्ठको खोजतलास गर्ने क्रममा शुक्रबार फेला पारेको छ ।

उनलाई सामाखुशीबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौंमा पठाइएको प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।