डडेल्धुरामा माओवादीबाट निर्वाचित जनप्रतिनिधिले धार्मीक सद्भाव भड्काउन खोजेपछि…

डडेल्धुरामा माओवादीबाट निर्वाचित जनप्रतिनिधिले धार्मीक सद्भाव भड्काउन खोजेपछि…

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

टक खाती, काठमाण्डु- डडेल्धुराको परशुराम नगरपालिकामा पनि धार्मीक-सामाजिक सद्भाव भड्काउने गतिविधि भइरहेको छ । परशुराम नगरपालिका- ४ मा नेकपा माओवादी केन्द्रबाट निर्वाचित वडा सदस्य जयराज सार्कीले खुलेआम सामाजिक सञ्जालमा गाई काटेर खानुपर्छ भन्दै अभिव्यक्ति दिएका हुन् ।

जयराजले गाईलाई राष्ट्रिय जनावरबाटै हटाउनु पर्छ र गाई काटेर खानुपर्छ भन्दै अभिव्यक्ति दिएपछि सामाजिक सञ्जालमा उनको चौतर्फी आलोचना भइरहेको छ । उनले परशुराममा पनि धार्मीक-सामाजिक सद्भाव भड्काउने काम गरेकाले कारबाही गर्नुपर्ने टिकाटिप्पणी भइरहेका छन् ।

यता जयराजले पनि आफूलाई जेल हाल्न चुनौती दिएका छन् । जनप्रतिनिधि भएर जयराजले समाजमा गलत कुराको प्रचार गर्न खोजेको उनीमाथि आरोप लागेको छ । केही समय अगाडि धरानमा गोरु काटेर भोज खाँदै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यसपछि पछिल्ला दिनहरुमा देशभर धर्मलाई लिएर एकदमैं बहस हुने गरेको छ । हिन्दु धर्ममा गाइ गोरुलाई भगवान मानेर पुज्ने गरिएको छ ।

यसरी खुला रुपमा गाई गोरु काटेर मासु खाँदा हिन्दु धर्ममाथि निकैं ठुलो आक्रमण हुने विश्लेषण हुने गरेको छ । पछिल्लो समय हिन्दु धर्मको रक्षा र सद्भावको आह्वान गर्दै हिन्दु धर्मका संघसंस्थाले प्रदर्शन गरिरहेका छन् । खुलेआम गाई गोरु कोटर खाएको भिडियो समाजिक सञ्जालमा पोष्ट गर्नुले धार्मीक द्धन्द हुनसक्ने पनि विश्लेषण गरिएको छ । नेपालको संविधान अनुसार गाई काटेर खान पाइदैँन ।