दुई करोड ४६ लाख धरौटी बुझाएर रिहा भए मीनबहादुर गुरुङ

दुई करोड ४६ लाख धरौटी बुझाएर रिहा भए मीनबहादुर गुरुङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- ललितानिवास प्रकरणमा पक्राउ परेका भाटभटेनी सुपर मार्केका मालिक मीनबहादुर गुरुङ धरौटी रकम बुझाएर रिहा भएका छन्।

उनलाई जिल्ला अदालत काठमाडौंले आइतबारैदुई करोड ४६ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएकोमामा अदालतले मागेको जम्मा गरेर उनी आइतबार साँझ रिहा भएका हुन्।

जिल्ला अदालत आइतबार यो प्रकरणमा पक्राउ परेका १७ जनालाई धरौटीमा र एक जनालाई साधारण तारेखमा छाड्न आदेश दिएको थियो।सीआईबीले अनुसन्धान गरेपछि जिल्ला सरकारी वकिल कार्यालयले किर्ते कसुरमा उनीहरूमाथि मुद्दा चलाएको थियो।