काठमाडौंमा कञ्चनपुरका आरक्ष पीडितको भोक हड्ताल सुरु

काठमाडौंमा कञ्चनपुरका आरक्ष पीडितको भोक हड्ताल सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कञ्चनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारका क्रममा विस्थापित भएका पीडितले काठमाडौंको माइतीघर मण्डलमा भोक हड्ताल सुरु गरेका छन् ।

सोमबारबाट शुक्लाफाँटा आरक्ष पीडित संघर्ष समिति कञ्चनपुरका अध्यक्ष कर्णबहादुर चन्द र सचिव प्रेमदत्त भट्टले भोक हड्ताल सुरु गरेका हुन् ।

वर्षाैंदेखि राख्दै आएका माग पूरा नभएसम्म रातदिन नभनी भोक हड्तालमा बस्ने सचिव भट्टले जानकारी दिए । २०५८ सालमा विस्थापित भएकालाई २२ वर्षसम्म सडकमा अलपत्र पारिएकाले सरकारले क्षतिपूर्तिसहित पुनःस्थापना गर्नुपर्ने सचिव भट्टले बताए ।

‘हाम्रो घरगोठ फालिएको हो, हात्ती ल्याएर घरबाट लखेटिएको हो,’ उनले भने, ‘अब हाम्रा बालबालिकालाई राज्यको मूलधारमा ल्याई रोजगारीको ग्यारेन्टी गर्नुपर्छ ।’

समस्या समाधानका नाममा राज्यले आयोग बनाएर कार्यकर्ता पाल्ने काम मात्रै गरिएको उनको गुनासो छ । ‘हामीले जिल्लादेखि प्रदेशसम्म माग राख्यौं तर सुनुवाइ नभएपछि काठमाडौं आएको पनि ५ महिना भयो । सरकारले केही गरेन, भोलि–पर्सि हुन्छ भन्यो । टुंगो नलागेर बाध्य भएर माइतीघरमा आयौं,’ उनले भने ।