बेइजिङ – चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन भएको छ। हृदयाघातका कारण उनको निधन भएको समाचार संस्था सीएनएनले जनाएको छ ।
पूर्वप्रधानमन्त्री ली खछ्याङको शुक्रबार बिहान अचानक हृदयघातका कारण सांघाईमा उनको निधन भएको हो।
६८ वर्षीय नेता ली गत मार्च महिनामा मात्र प्रधानमन्त्रीको दोस्रो कार्यकाल पूरा गरेर बिदा भएका थिए । राष्ट्रपति सी जिनफिङपछि सत्तारूढ कम्युनिस्ट पार्टी अफ चाइनाका दोस्रो वरियतामा रहेका ली पछिल्लो समय सांघाइमा बस्दै आएका थिए ।
ली खछ्याङ सन् २०१३ मा चीनको प्रधानमन्त्री बनेका थिए । उनी चिनियाँ क्याबिनेटको स्टेट काउन्सिल प्रमुख थिए ।




प्रतिक्रिया