रोकिएको ट्रयाक्टरमा मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु

रोकिएको ट्रयाक्टरमा मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाँके – जिल्लामा रोकिएको ट्रयाक्टरमा जोडिएको थ्रेसरमा मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–२० राँझास्थित सडकमा रोकिएको भे१त ३२३० नम्बरको ट्रयाक्टरमा जडित धानको थ्रेसरमा भे९प ६०१ नम्बरको मोटरसाइकल ठोक्किँदा चालक नेपालगञ्ज उपमहानगरपालिका–८ त्रिभुवन चोकका ४० वर्षीय विनोदकुमार वाल्मिकीको मृत्यु भएको छ ।

बिहीबार राति दुर्घटनामा परेर घाइते भएका वाल्मिकीलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज लगिएकोमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।