मंगलबारको मौसम: यी स्थानमा हुँदैछ वर्षा र हिमपात

मंगलबारको मौसम: यी स्थानमा हुँदैछ वर्षा र हिमपात

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले मंगलबारकाे माैसम पूर्वानुमान गरेकाे छ । पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले देशका केही भू–भागमा आज पनि वर्षा र हिमपातको सम्भावना रहेको छ ।

अहिले बिहान कोसी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ ।

 दिउँसो देशभर आंशिक बदली रहने बताएको छ । पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले बताएको छ ।

विभागका अनुसार राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । वर्षा र हिमपातको सम्भावना रहेकाले त्यसबाट हुनसक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।