जलवायु परिवर्तनको मुख्य कारक विकसित राष्ट्र हुन् :महासचिव गुटेरेस

जलवायु परिवर्तनको मुख्य कारक विकसित राष्ट्र हुन् :महासचिव गुटेरेस

जलवायुको नतिजा नेपालले भोग्नु परेको छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाेखरा – नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालमा जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मंगलबार बिहान अन्नपूर्ण आधार शिविर पुगेका उनले विकसित तथा औद्योगिक राष्ट्रका कारण जलवायु परिवर्तन भइरहेको बताउँदै त्यसको नतिजा नेपालले भोगिरहेको बताए । जलवायु परिवर्तनको बढ्दो असरका सन्दर्भमा नेपालको भूमिका नभएको उनले उल्लेख गरे।

विश्वव्यापी तापमान वृद्धिका कारण हिमाली शृङ्खलाको हिउँ दिनप्रतिदिन घटिरहेको बताउँदै उनले हिउँ पग्लिएकै कारण पहिरो तथा बाढीले समुदायमा क्षति पुर्‍याइरहेकाे बताए ।

धनी तथा औद्योगिक राष्ट्रलाई जलवायु परिवर्तनको असर न्यूनीकरण हुनेगरी प्रविधि तथा उपाय अपनाउन आह्वान गर्दै उनले नेपालमा परिहेको जलवायु परिवर्तनको असरमा सहयोग गर्न आग्रह गरे ।

नेपाली सेनाको हेलिकोप्टरबाट अन्नपूर्ण आधार शिविर पुगेका महासचिव गुटेरेसलाई अन्नपूर्ण गाउँपालिकाका प्रमुख विष्णुबहादुर केसी, छोम्रोङ पर्यटन समितिका पदाधिकारी तथा स्थानीय पर्यटन व्यवसायीले स्वागत गरेका थिए ।