कैद मिनाहा पाएका रिगल ढकालविरुद्धको मुद्दा खतिवडा,मल्ल र चुडालको पूर्ण इजलासमा

कैद मिनाहा पाएका रिगल ढकालविरुद्धको मुद्दा खतिवडा,मल्ल र चुडालको पूर्ण इजलासमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – हत्या अभियोगमा जेल सजाय पाएका योगराज ढकाल (रिगल)विरुद्धको रिटमा आज सुनुवाइ हुँदैछ ।

जन्मकैदको फैसला सुनाइएका व्यक्तिलाई राष्ट्रपतिबाट कैद छुट दिइएपछि सर्वोच्च अदालतमा खुँडा हानेर मारिएका चतन मानन्धरकी पत्नी भारती सर्वोच्च अदालत पुगेकी थिइन् ।

उक्त मुद्दामा सुनुावाइका लागि सर्वोच्चका न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको पूर्ण इजलासमा पेशी तोकिएको छ ।

२०७२ साल असार २८ गते बाँकेको नेपालगन्ज–१६ को मुख्य सडकमै रहेको ज्योति सिम्ताली होटेल अगाडि रिगलसहितको करिब १५ जनाको समूहले स्थानीय चेतन मानन्धरको हत्या गरेको थियो । सोही प्रकरणमा बाँके जिल्ला अदालतले रिगललाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । तर, संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगलको बाँकी कैद मिनाहा गरिदिएका थिए ।

त्यसविरुद्ध चेतन मानन्धरकी पत्नी भारतीले सर्वोच्च अदालतमा बाँकी कैद कट्टाविरुद्ध रिट दर्ता गराएकी थिइन् ।