काठमाण्डु – काभ्रेमा गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
आज मंगलबार दिउँसो सवा २ बजे पनौती नगरपालिका–२ सिलाभन्ज्याङस्थित कुशादेवीबाट नयाँगाउँ जाँदै गरेको बा४ख ६७२३ नम्बरको पराल बोकेको गाडी ब्रेक फेल भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले बताए ।
दुर्घटना हुँदा ३ जना घाइते भएका थिए । घाइतेको उपचारका लागि सिरमेमोरियल अस्पताल पुर्याउँदा चालक कुशादेवी बस्ने ४० वर्षीय रविन आचार्य र बेथानचोक गाउँपालिका–२ बस्ने ५० वर्षीय शिवविक्रम केसीको मृत्यु भएको छ ।
बेथानचोक गाउँपालिका–२ का ४५ वर्षीय शारदा तिमिल्सिनाको टाउको, घाँटी र दुवै हातखुट्टामा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया