कस्ताे रहला आजकाे मौसम ?

कस्ताे रहला आजकाे मौसम ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जल तथा माैसम पुर्वानुमान महाशाखाले बुधबारकाे माैसम पूरर्वानुमान गरेकाे छ । पश्‍चिमी वायुको प्रभावका कारण कतिपय स्थानमा हल्का वर्षा र हिमपातकाे समभावना रहेकाे छ।

आज पहाडी भेगका १-२ स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। यस्तै, उच्च पहाडी र हिमाली भेगका १-२ स्थानमा हल्का वर्षा र हिमपातको समेत सम्भावना छ।

आज दिउँसो देशभर आंशिक बदली रहनेछ। पहाडी भेगका १-२ स्थानमा हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी र हिमाली भेगका १-२ स्थानमा हल्का हिमपातको सम्भावना छ।आज राति देशभर आंशिक बदलीदेखि मौसम सफा रहने पूर्वानुमान छ।