कस्ताे रहला आजकाे मौसम ?

कस्ताे रहला आजकाे मौसम ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु  – जल तथा माैसम पूर्वानुमान महाशाखाले शुक्रबारकाे माैसम पूर्वानुमान गरेकाे छ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।

शुक्रबार दिउँसो देशको पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ।

देशको पहाडी भू-भागका थोरै स्थानहरूमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।