प्रख्यात युट्युबर विवेक बिन्द्राविरुद्ध श्रीमतीलाई कुटपिट गरेको आरोपमा मुद्दा दर्ता

प्रख्यात युट्युबर विवेक बिन्द्राविरुद्ध श्रीमतीलाई कुटपिट गरेको आरोपमा मुद्दा दर्ता


एजेन्सी – नोएडाका प्रख्यात युट्युबर र मोटिभेसनल स्पिकर विवेक बिन्द्राविरुद्ध आफ्नी श्रीमतीमाथि कुटपिट गरेको आरोपमा एफआईआर दर्ता गरिएको छ।

नोएडाका डीसीपी हरिश चन्द्रले बीबीसीसँग कुरा गर्दै यसको पुष्टि गरेका छन् । यद्यपी यस घटनामा संलग्न कसैलाई पनि पक्राउ गरिएको छैन । घटनासँग सम्बन्धित धेरै भिडियोहरू सामाजिक सञ्जालमा पनि शेयर भइरहेका छन् ।

नोएडा प्रहरीले यी भिडियोहरूको पनि अनुसन्धान भइरहेको जनाएको छ। विवेक बिन्द्राले हालै बिहे गरेका छन् । श्रीमतीका भाइले दिएको उजुरीको आधारमा यो मुद्दा दर्ता गरिएको हो ।

हरीश चन्दरका अनुसार “पीडित महिलाको बयान लिइएको छ। विवेक बिन्द्राको बयान अहिलेसम्म रेकर्ड गरिएको छैन। एफआईआर दर्ता भएको धारा अन्तर्गत गिरफ्तारी आवश्यक भएमा पनि पक्राउ गरिनेछ।”

डीसीपीका अनुसार घटनाको अनुसन्धान भइरहेको छ, तथ्य र अनुसन्धानका आधारमा थप कारबाही गरिने छ । विवेक बिन्द्राले ६ डिसेम्बरमा विवाह गरेका थिए ।

श्रीमतीमाथि कुटपिटको यो घटना मंसिर ७ गते भएको बताइएको छ । श्रीमतीसँगको झगडाको भिडियो पनि सामाजिक सञ्जालमा शेयर भइरहेको छ ।

यी भिडियोबारे पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार विवेक बिन्द्राबाट यी आरोपमा अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।

विवेक बिन्द्रा एक प्रसिद्ध युट्युबर र एक ठूलो व्यापार को सीईओ हुन्। पछिल्लो समय विवेक बिन्द्रा पनि जातिय टिप्पणीलाई लिएर विवादमा छन् ।