पुनः राष्ट्रपति बन्न खोजिरहेका ट्रम्पलाई उत्तरपूर्वी राज्य माइनकाे झट्का

पुनः राष्ट्रपति बन्न खोजिरहेका ट्रम्पलाई उत्तरपूर्वी राज्य माइनकाे झट्का

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकाको उत्तरपूर्वी राज्य माइनका शीर्ष निर्वाचन अधिकारीले डोनाल्ड ट्रम्पलाई चकित पारेका छन् ।

२०२१ को क्यापिटल हिल दंगामा ट्रम्पको भूमिकाका कारण ुसंवैधानिक विद्रोहु को प्रावधानलाई उद्धृत गर्दै मेन स्टेट सेक्रेटरी अफ स्टेट शेना ली बेलोजले ट्रम्पले २०२४ को राष्ट्रपतिको चुनावमा दौडिन नसक्ने फैसला गरेका छन्।

यस निर्णयका कारण ट्रम्प रिपब्लिकन पार्टीको राष्ट्रपति पदका उम्मेदवार बन्न माइन राज्यमा हुने प्राथमिक निर्वाचनमा सहभागी हुन पाउने छैनन् ।

यसरी कोलोराडोपछि माइन अब ट्रम्पलाई चुनावमा भाग लिन प्रतिबन्ध लगाउने दोस्रो राज्य बनेको छ। तर, यी दुई राज्यको निर्णयलाई अब अदालतमा चुनौती दिने सम्भावना छ ।