अलिगढवा नाकाबाट भारत भाग्ने तयारीमा थिए कृष्णबहादुर महरा

अलिगढवा नाकाबाट भारत भाग्ने तयारीमा थिए कृष्णबहादुर महरा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) कार्यालयमा लगिएको छ ।

सुन तस्करी प्रकरणमा मुछिएका महरालाई कपिलवस्तुको पकडीबाट पक्राउ गरेर काठमाण्डुको लाजिम्पाटस्थित सीआईवी कार्यालय लगिएको हो । महरा नेपाल-भारत सीमा क्षेत्रबाट पक्राउ परेका हुन्।

उनी अलिगढवा नाका हुँदै भारत जाने तयारीमा रहेको स्रोतको दाबी छ । सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले माओवादी उपाध्यक्ष महरामाथि पनि मुद्दा चलाउन सिफारिस गरेको थियो। आयोगको सिफारिस लगत्तै गृहमन्त्री रवि लामिछानेले महरालाई कारबाही गर्न सीआईबीलाई निर्देशन दिएका थिए ।

गृहमन्त्रीको निर्देशन अनुसार सीआईबीले पक्राउ गर्ने थाहा पाएपछि महराले चलखेल सुरू गरेका थिए। महराले काठमाण्डु छोडेको खबर प्रहरीले पाएपछि सबै सीमा नाकामा कडाइ गरेको थियो। देशभरका सीना नाकामा आइतबार दिउँसोबाटै प्रहरी परिचालन गरिएको थियो। जसअनुसार भारत भाग्न लागेका महरालाई नेपाल-भारत सीमा क्षेत्रबाट पक्राउ गरेर काठमाण्डु ल्याइएको छ ।