जुम्ला – जिल्लाको लामाचौर पाटनमा चट्याङ लागेर १५ भेडा मरेका छन् ।
तातोपानी गाउँपालिका–४ स्थित लामाचौर पाटनमा शनिबार दिउँसो ३ बजेतिर चट्याङ पर्दा १५ वटा भेडा मरेका वडाध्यक्ष अमरबहादुर रोकायाले जानकारी दिए ।
घटनाको थप विवरण आउन बाँकी रहेको उनले बताए ।
गत साउन १५ गते तिला गाउँपालिकाको देउली पाटनमा चट्याङ पर्दा करीब १०० भेडा मरेका थिए । यसअघि जुम्लाको कनकासुन्दरी, तिला र गुठिचौरका पाटनमा पनि चट्याङ लागेर २०० भन्दा बढी भेडा मरेको पशुसेवा कार्यालय जुम्लाले जनाएको छ ।




प्रतिक्रिया