चितवन-चितवनको नारायणगढ सडकखण्डको सिमलतालमा भारतीय डबल डेकर बस र ट्रक एक आपसमा ठोक्किदा दुई जना घाइते भएका छन् ।
घाइते हुनेमा ट्रक चालक र सहचालक छन । उनीहरूको अवस्था सामान्य छ ।
चितवनको मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालमा आर ०१ आई ६३७२ नम्बरको भारतीय बस र ग २ ख ११०८ नम्बरको नेपाली ट्रक एकआपसमा ठोक्किएका थिए ।
बसमा सवार अन्य कोही पनि घाइते नभएको जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ ।
दुर्घटना पछि बसका चालक फरार भएका छन् । बस चालक फरार भएपछि बसमा सवार यात्रुहरू अलपत्र परेका छन् ।




प्रतिक्रिया