मानव बेचबिखन मानवसभ्यता कै कलङ्क र जघन्य अपराघ हाे : प्रधानमन्त्री ओली

मानव बेचबिखन मानवसभ्यता कै कलङ्क र जघन्य अपराघ हाे : प्रधानमन्त्री ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रधानमन्त्री केपी शर्मा ओलीले मानव बेचबिखन विरुद्धको १८औं राष्ट्रिय दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

उनले “तीनै तहका सरकारको प्रतिबद्धता मानव बेचबिखन विरुद्ध सबैको ऐक्यबद्धता” भन्ने नाराका साथ मनाउन लागिएको मानव बेचबिखन विरुद्धको १८औं राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गरेका हुन् ।

उनले मानव बेचबिखन तथा ओसारपसार मानवसभ्यता कै कलङ्क र जघन्य अपराघ भएको बताउँदै समयक्रमसँगै मानव बेचबिखन तथा ओसारपसारको प्रकृति, स्वरुप र गन्तव्यमा निरन्तर परिवर्तन पाइएको उल्लेख गरे ।

नेपालबाट कामको खोजीमा वैदेशिक रोजगारीका लागि सरकारले प्रतिबन्ध लगाएका मुलुकहरुमा घरेलु कामदारका रुपमा जाने क्रममा अधिकांश महिलाहरु बेचबिखनमा पर्नुका साथै मनोरञ्जनात्मक क्षेत्रमा काम गर्ने किशोरीहरु समेत मानव बेचबिखनका दृष्टिले बढी जोखिममा रहेका छन् ।

बालबालिका र किशोरीहरुको बढ्दो बेचबिखन न्यूनीकरण गर्दै लैजान सरकारले विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको उनले बताए ।

उनले मानव बेचबिखन अन्त्य गर्न सरकारले सचेतनाका साथै निरपेक्ष गरिबीको रेखामुनि रहेका जनतालाई माथि उठाउँदै गरिबी निवारण गर्दै लिने नीति लिएको समेत बताए ।

उनले भने गरिबी, अशिक्षा, बेरोजगारी तथा विभिन्न किसिमका हिंसा, विभेद र समाजमा विद्यमान कुरीतिजन्य अभ्यासका कारणले भइरहेको यस किसिमका अपराधिक कार्य पूर्ण रुपमा नियन्त्रण गर्न नेपाल सरकार निरोधात्मक तथा उपचारात्मक उपाय अवलम्वन गर्दै जान प्रतिबद्ध छ । मानव बेचबिखन अन्त्य गर्न बनेका कानुनहरुको कडाइका साथ सरकारले कार्यान्वयन गरिरहेको छ ।

अन्त्यमा, मानव बेचबिखन विरुद्धको अभियानलाई सफल बनाउन सबैलाई यस दिवसले अझ क्रियाशील भएर अगाडि बढ्न थप प्रेरणा दिन सकोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु ।