भारत सरकारद्वारा १० वटा ‘प्रिफ्याब्रिकेट स्टिल ब्रिज’का सामान हस्तान्तरण

भारत सरकारद्वारा १० वटा ‘प्रिफ्याब्रिकेट स्टिल ब्रिज’का सामान हस्तान्तरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्सा – भारत सरकारले बाढीपहिरोका कारण अवरुद्ध सडक सञ्चालन गर्न १० वटा प्रिफ्याब्रिकेट स्टिल ब्रिजका सामान हस्तान्तरण गरेको छ ।

भारतीय दूतावासले बुधबार आयोजित कार्यक्रमबीच महावाणिज्य दूतावास वीरगञ्जबाट बाढीपहिरोले अवरुद्ध सडक सञ्चालन गर्न ३८ करोड मूल्य बराबरको १० वटा प्रिफ्याब्रिकेट स्टिल ब्रिजका सामान पहिलो चरणमा प्रदान गरेको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिए ।

भारतीय महावाणिज्य दूतावास वीरगञ्जका महावाणिज्य दूत देवी सहाय मीनाले पर्साका प्रजिअ भुसाललाई स्टिल ब्रिजका सामान तथा उपकरण हस्तान्तरण गरे ।

भारतीय दूतावासले नेपाल सरकारको अनुरोधमा स्टिल ब्रिजका उपकरण उपलब्ध गराएको विज्ञप्तिमार्फत जनाएको छ । ती सबै उपकरण अनुदानबापत उपलब्ध गराइएको हो । दूतावासले आगामी दिनमा पनि प्रिफ्याब्रिकेट स्टिल ब्रिज उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

दूतावासले पछिल्ला २ दिनमा २५ टन बराबरका औषधि, ‘लाइफ ज्याकेट’, ‘रबरबोट’, ‘स्लिपिङ ब्याग’ लगायतका सामग्री बाढीपहिरो प्रभावित क्षेत्रमा उपलब्ध गराएको जनाएको छ ।