काठमाण्डु- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको एलिमिनेटरमा चितवन राइनोजले काठमाडौं गोर्खाजविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवनले टस जितेर ब्याटिङ रोजेपछि काठमाडौंले पहिले बलिङ गर्ने भएको हो। खेल साँझ ५ बजे सुरु भएको छ।
आजको खेल जित्ने टोलीले दोस्रो क्वालिफायरमा स्थान बनाउनेछ भने पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ। विजेताले बिहीबार फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ।
पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग पराजित भएपछि सुदूरपश्चिम दोस्रो क्वालिफायरमा पुगेको हो। दोस्रो क्वालिफायर जित्ने टोलीले शनिबार उपाधिका लागि लुम्बिनी लायन्ससँग खेल्नेछ।
लिग चरणमा काठमाडौं ७ खेलमध्ये ४ मा जित र ३ मा हार बेहोर्दै तेस्रो स्थानमा रहेको थियो। चितवनले ७ खेलमध्ये ३ मा जित, ३ मा हार र १ खेल वर्षाका कारण रद्द भएपछि चौथो स्थानमा रहँदै प्लेअफमा स्थान बनाएको थियो।
लिग चरणमा यी दुई टोलीबीच भएको भेटमा काठमाडौंले चितवनलाई १० रनले पराजित गरेको थियो।
प्लेइङ–११
चितवन राइनोज : कुशल मल्ल, रिजन ढकाल, कमलसिंह ऐरी, देव खनाल, विवेक यादव, रन्जित कुमार, दीपक बोहोरा, सलहुद्दिन खान, रवि बोहोरा, कमिल मिसारा र डेविड मलान।
काठमाडौं गोर्खाज : करण केसी, भीम सार्की, राशिद खान, सन्तोष यादव, साहिल पटेल, गणेश गौतम, सोनु देवकोटा, जहानदाद खान, सहान, विलियम बासिस्टो र सामुहिल हेजलेट।



प्रतिक्रिया