संक्रमणकालीन न्यायसम्बन्धि दुई आयोगको सर्ट लिस्टमा परेका उम्मेदवारहरूको नाम सार्वजनिक (सूचनासहित)

संक्रमणकालीन न्यायसम्बन्धि दुई आयोगको सर्ट लिस्टमा परेका उम्मेदवारहरूको नाम सार्वजनिक (सूचनासहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यको नाम सिफारिस समितिले सर्ट लिस्टमा परेका ४० जनाको नाम सार्वजनिक गरेको छ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय अन्तर्गतको बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिला आयोगको अध्यक्ष तथा सदस्यको नाम सिफारिस समितिको सचिवालयले शनिबार सूचना जारी गर्दै ४० जना उम्मेदवारको नामावली सार्वजनिक गरेको हो ।

सर्ट लिस्टमा कसैको कुनै प्रतिक्रिया भए सूचना प्रकाशन भएको मितिले पाँच दिनभित्र पुस्ट्याइँ हुने आधार प्रमाणसहित समितिको सचिवालयमा लिखित वा विद्युतीय माध्यमबाट आइपुग्ने गरी उजुरी पेस गर्न पनि समितिले आग्रह गरेको छ । उम्मेदवारको विषयमा प्रतिक्रिया जनाउन ५ दिनको समय दिइएको छ ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यको नाम यही सर्टलिस्टबाट तय हुने समितिले जनाएको छ ।

‘यस सूचनामा नाम समावेश भएका देहायका व्यक्तिहरुका बारेमा कसैको कुनै प्रतिक्रिया भए यो सूचना प्रकाशित भएको मितिले पाँच दिनभित्र पुष्ट्याइँ हुने आधार प्रमाणसहित लिखित वा विद्युतीय माध्यमबाट प्रतिक्रिया दिन अनुरोध छ,’ सूचनामा भनिएको छ ।