कारभित्र एक युवक मृत फेला

कारभित्र एक युवक मृत फेला


काठमाण्डु– बारामा कारभित्र एकजना मृत फेला परेका छन् ।

जीतपुर सिमरा उपमहानगरपालिका–११ मा बागमती प्रदेशको ०१–०२८–च–७६१६ नम्बरको कारभित्र ती युवक मृत भेटिएका हुन् ।

उनको पहिचान खुल्न सकेको छैन । टाउकोमा गम्भीर चोट लागेको अबस्थामा उनलाई चालककै सिटमा भेटिएको छ । उनको हत्या भएको आशंका छ ।

घटना शंकास्पद देखिएको र थप अनुसन्धान भइरहेको बाराका प्रहरी प्रमुख एसपी महेन्द्र खड्काले बताए ।