काठमाण्डु – धितोपत्र बोर्डको बैठक आज बस्ने भएको छ । अर्थमन्त्रालयले नयां स्टकको लाइसेन्स दिने प्रक्रिया अघि बढाउन निर्देशन दिएसंगै बोर्डको बैठक आज ५ बजेका लागि बोलाइएको हो ।
मन्त्रिपरिषदको बैठकले प्रक्रिया अघि बढाउन अर्थमन्त्रालय हुंदै सेबोनमा पत्र पठाएपछि मुल्यांकन गर्नको लागि बोर्ड बैठक बोलाइएको स्रोतले बतायो ।
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले व्यापारी दीपक भट्टले नेतृत्व गरेको हिमालय स्टक एक्सचेन्जलाई लाइसेन्स दिने तयारी गरेको बताइन्छ । विपक्षी दलहरुले यो प्रकरणमा ठुलो लेनदेन भएको भन्दै विरोध जनाइरहेका छन् ।
धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पूजीवजार सुधारको अरु काम छोडेर नयां स्टकको काममा मात्र ध्यान दिइरहेका छन् । श्रेष्ठको नियुक्तीलाई लिएर ठुलो विवाद थियो ।
श्रेष्ठको नियुक्तीलाई लिएर तत्कालिन माओवादी र एमालेबीचको सत्ता गठबन्धन नै भत्किएको थियो । श्रेष्ठलाई व्यापारीक समुहले बोकेको भन्दै माओवादी केन्द्रले त्यसमा विरोध जनाएको थियो ।
यो पनि पढ्नुहोस-
नयां स्टकको लाइसेन्स दिने तयारी : हिमालय स्टक एक्सचेन्जले लाइसेन्स पाउने सम्भावना बढी




प्रतिक्रिया