सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभामा पेश

सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभामा पेश


काठमाण्डु – सरकारले सामाजिक सञ्जाल सम्बन्धी विधेयक राष्ट्रिय सभामा पेश गरेको छ ।

आईतबार बसेको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाल विधेयक २०८१ पेश गरेका छन् ।

सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित, सुरक्षित र मर्यादिय बनाउनका लागि विधेयक ल्याइएको उनले जानकारी दिए । सामाजिक सञ्जालको सही तवरले प्रयोग गरी सामाजिक सद्भाव, सांस्कृतिक सहिष्णुता र सुशासन प्रवद्र्धन गर्न सामाजिक सञ्जाल सञ्चालक र प्रयोगकर्तालाई जिम्मेवार तथा जवाफदेही बनाएर सामाजिक सञ्जालको प्रयोगलाई मर्यादित बनाउन खोजिएको उनले बताए ।

बैठकमा पानीजहाज सञ्चालन तथा व्यवस्थापन विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ ।