काठमाण्डु– स्वतन्त्र सांसद अमेरशकुमार सिंहले गभर्नर नियुक्ति प्रक्रिया देखेर लाज पनि लजाइसकेको बताएका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले गभर्नरको नियुक्ति प्रक्रिया देखेर लाज पनि लजाइसकेको तर सरकार नलजाएको बताए ।
‘अहिले गभर्नरको नियुक्ति प्रक्रिया देखेर लाज पनि लजाउँछ तर हाम्रो सरकार लजाउँदैन।’उनले भने ।
राजनीतिक दलको सदस्य गभर्नर बन्न नसक्ने भन्दै सिंहले चुनाव लडेको मान्छे राजनीतिक दलकै सदस्य हुने जिकिर गरे। ‘पहिला पहिला मान्छे चुनाव लड्थ्यो, चुनाव हार्छ, राष्ट्रियसभामा जान्छ,’ उनले भने, ‘राजदूत बन्छ। यो गलत परम्परा हो। राष्ट्र बैंकको ऐनमा कुनै पनि राजनीतिक सदस्य रहन सक्दैन। पार्टीको चुनाव लड्ने भन्दा आधिकारिक राजनीतिक सदस्य कस्तो हुन्छ मैले बुझ्न सकेको छैन। त्यो आफैँमा प्रमाण होइन।’
हरेक पदमा राजनीतिक दलकै कार्यकर्ता खोज्ने प्रवृत्ति घातक भएको भन्दै उनले भने- ‘राष्ट्र बैंकमा कोही विज्ञ छैन ? विज्ञलाई नियुक्त गर्नुपर्दैन ? , ‘हरेक कुरामा दलको कार्यकर्ता खोज्ने ? ’
उनले राष्ट्र बैंककै वर्तमान डेपुटी गभर्नरलाई गभर्नर नियुक्त गर्न सकिने समेत बताए ।




प्रतिक्रिया