सांसद मोहन बस्नेत स्वतः निलम्बनमा

सांसद मोहन बस्नेत स्वतः निलम्बनमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – टेरामक्स प्रकरणमा मुछिएपछि नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतको सांसद पद निलम्बनमा परेको छ।

बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएसँगै उनको प्रतिनिधिसभाको सांसद पद स्वतः निलम्बनमा परेको हो।

भ्रष्टाचार निवारण ऐन, २०५८ अख्तियार दुरुपयोग अनुसन्धान आयोग, २०४८ मा भएको व्यवस्था अनुसार सार्वजनिक पदमा भएको व्यक्तिविरुद्ध मुद्दा दर्ता भएमा स्वतः निलम्बन पर्ने व्यवस्था छ। उनी सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन्।

तत्कालीन सञ्चारमन्त्री बस्नेतसहित अन्य १५ जना तथा कम्पनी उपर बिगो ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ बिगो मागदाबी भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार टेरामक्स प्रकरणमा बस्नेतसहित १६ जना जनाविरुद्ध विशेष अदालत काठमाण्डुमा मुद्दा दर्ता गरेको हो ।