काठमाण्डु– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ सय ६० ग्राम सुनसहित एक महिला पक्राउ परेकी छन् ।
दुबईबाट एयर अरेबियाको जहाजबाट काठमाण्डु आएकी भारती नागरिक मिना सुर्जित सिंह खेमानी पक्राउ परेकी हुन् ।
५३ वर्षीया ती महिलाले मलद्वारमा लुकाएर कालो पलास्टिकमा बेरेको अवस्थामा उक्त सुन बरामद भएको विमानस्थल सुरक्षा प्रहरी प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले बताए ।
शारजाहबाट आएकी उनलाई संका लागेर जाँच गर्दा सुन फेला परेको प्रहरीले बताएको छ ।




प्रतिक्रिया