झापा – प्रहरीले एयर पेस्तोलसहित १ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
मेचीनगर नगरपालिका–६ काँकरभिट्टा बसपार्कबाट म्याग्जिन सहितको एयर पेस्तोल १ थान, एयर वुलेट ५ राउण्ड र खुकुरी २ थानसहित भारतको वेष्टबंगाल सिलिगुढी घर भएका ३५ वर्षीय जय प्रकाश कुमार पाठकलाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले डब्लुबी ७० जी ३२३२ नम्बरको कारलाई जाँचको क्रममा कारको सिटमुनि लुकाई छिपाई राखेको पेस्तोल फेला पारी उनलाई पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया