काठमाण्डु – थुनछेक बहसका लागि काठमाण्डु जिल्ला अदालतबाट पेश गरिएको बेला भागेका थुनुवा २१ वर्षीय निराजन ठकुरी भन्ने दशरथ शाहीलाई प्रहरीले गोंगबुबाट पक्राउ गरेको छ ।
चोरी मुद्दाका आरोपित शाही अदालतको शौचालयबाट फरार भएकोमा पक्राउ गरिएको काठमाण्डु प्रहरी प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिए ।
रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका–१ घर भई हाल गोंगबु बस्ने शाही गत जेठ २० गते पक्राउ परेर प्रहरी वृत्त लैनचौरको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।
आईतबार प्रहरी हवल्दार चक्रबहादुर रोकायाको कमाण्डमा २ जनाको जिम्मामा थुनछेक बहसका लागि अदालत लगिएकोमा ४ नम्बर इजलासमा थुनछेक बहस चलिरहँदा प्रहरी जवान छविराज रेग्मीको साथमा शौचालय गएका उनी हतकडीसहित फरार भएका थिए । उनी फरार भएको थाहा पाउने बित्तिकैदेखि खोजीकार्य थालेको प्रहरीले उनलाई पुन: पक्राउ गर्न सफल भएको छ ।




प्रतिक्रिया