यूके पठाइदिन्छु भन्दै १ करोड २० लाख ठगी, एक जना पक्राउ

यूके पठाइदिन्छु भन्दै १ करोड २० लाख ठगी, एक जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– यूके पठाइदिनछु भन्दै १ करोड बढी ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललिपतुर महानगरपालिका–२५ बस्ने ४० वर्षीय प्रभाष रिसाल छन् ।

यूके पठाइदिनछु भन्दै १ करोड २० लाख ठगेको आरोपमा उनलाई काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।