चोरीको मोटरसाइकल नम्बर प्लेट फेरेर चलाउने युवक पक्राउ

चोरीको मोटरसाइकल नम्बर प्लेट फेरेर चलाउने युवक पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– मोटरसाइकल चोरीमा संलग्न एकजनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा ताप्‍लेजुङको मैवाखोला गाउँपालिका १ घर भई काठमाण्डुको मुलपानी बस्ने ३० वर्षीय प्रदिप वनेम लिम्बु रहेका छन्।

उनलाई काठमाण्डुको गौशाला स्थित पशुपति मन्दिरको पार्किङस्थलबाट पक्राउ गरिएको हो ।

वास्तविक नम्बर बागमती प्रदेश ०२–०४९ प ८००३ रहेको मोटरसाइकलको नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२–०४६ प ९७ २० राखि चलाइरहेको अवस्थामा फेला पारी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो।

उक्त मोटरसाइकल ईलाम सूर्योदय नगरपालिका १ का अभिषेक वेगाले काठमाण्डुको बालाजुबाट हराएको भनि काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएका थिए।

नियन्त्रणमा आएका वनेम लिम्बुलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त बालाजु पठाइएको काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दिपक गिरीले जानकारी दिए।

आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न प्रहरी उपरीक्षक गिरीले सम्पूर्णमा अनुरोध गरेका छन्।