रौतहट – गौर नगरपालिका–१ बाट स्रोत नखुलेको ९ लाख २८ हजार ५०० नेपाली रूपैयाँ र २ लाख १५ हजार ५०० भारतीय रूपैयाँसहित सर्लाहीको रामनगर गाउँपालिका–२ बस्ने ३० वर्षीय चंदन पंडितलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
भन्सार सुरक्षा गार्ड कार्यालय रौतहट समेतबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०३ जे ९५४३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा नगद फेला पारी चालक चंदनलाई पक्राउ गरेको हो ।
बरामद रकम सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया