अल्बानिया पठाइदिन्छु भनी ठगी गर्ने २ जना पक्राउ

अल्बानिया पठाइदिन्छु भनी ठगी गर्ने २ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाण्डु महानगरपालिका–७ बस्ने उदयपुर त्रियुगा नगरपालिका–९ घर भएकी ३५ वर्षीया बिमला दनुवार र काठमाण्डुको नागार्जुन नगरपालिका–१ बस्ने कास्कीको पोखरा महानगरपालिका–२६ घर भएकी ४८ वर्षीया राम कुमारी रोक्का मगर रहेका छन् ।

पक्राउ परेकामध्ये बिमलाले ४ जना पीडितहरूबाट ८ लाख रूपैयाँ र राम कुमारीले २ जना पीडितहरूबाट २ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले बिमलालाई काठमाण्डु महानगरपालिका–७ बाट र राम कुमारीलाई नागार्जुन नगरपालिका–१ बाट पक्राउ गरेको छ ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।