काठमाण्डु – जुवातास खेल्दाखेल्दै प्रहरीले मकवानपुर, जुम्ला र काभ्रेबाट ३९ जनालाई पक्राउ गरेको छ ।
मकवानपुरको बकैया गाउँपालिका–५ राजदमार बस्ने ४६ वर्षीय मिलन थिङको घरमा जुवा खेलिरहेको अवस्थामा मिलन समेत २२ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर, ईलाका प्रहरी कार्यालय फापरवारी समेतबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ८ लाख ३६ हजार ४० रूपैयाँ र ३ सेट कौडासहित पक्राउ गरेको छ ।
जुम्लाको पातारासी गाउँपालिका–५ लासी बजार बस्ने ४८ वर्षीया उर्मीला बुढाले सञ्चालन गरेको ओम हिमा होटलमा जुवातास खेलिरहेको अवस्थामा उर्मिला समेत १० जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई १ लाख २८ हजार २०० रूपैयाँसहित पक्राउ गरेको छ ।
काभ्रेको बनेपा नगरपालिका–७ गोदाम चोक डेरा गरी बस्ने भारत बिहार पुर्वी चम्पारण–११ घर भएका रवि कुमार जैसवालको कोठामा जुवातास खेलिरहेको अवस्थामा रवि समेत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ६२ हजार ६८० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको छ ।
जुवातास सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया