बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रासहित १ जना पक्राउ

बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रासहित १ जना पक्राउ

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रासहित नागार्जुन नगरपालिका–१५ कारखाना चोक बस्ने ४६ वर्षीय प्रेम गुरूङलाई प्रहरीले पक्राउ गरेको छ ।

थाई एयरवेजको उडानद्वारा काठमाण्डुबाट बैंकक जान लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज एरियामा जाँच गर्ने क्रममा उनको झोलाबाट १३ हजार युरो, २३ हजार ५ अमेरिकी डलर, ६ हजार स्वीस फ्रान्क र १० हजार ८७० थाई भाट फेला पारी पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।