काठमाण्डु– नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले भ्रष्टाचार आरोप लागेका मन्त्रीलाई बर्खास्त नगरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीकाे आलोचना गरेका छन्।
मंगलबार बिहान सामाजिक सञ्जालमार्फत् उनले मन्त्रीहरूले गर्ने भ्रष्टाचारमा कर्मकाण्डी शैलीमा राजीनामा मात्रै मागेको भन्दै प्रधानमन्त्री ओली र प्रतिपक्षी दलको पनि आलोचना गरेका हुन्।
भ्रष्टाचार आरोप लागेका एमाले नेतासमेत रहेका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई इंगित गर्दै कोइरालाले सामाजिक सञ्जालमा लेखेका छन् :- ‘मन्त्री क्वाटरमा बिहानै आएर बिचौलियाले घुसको ब्रिफकेस छाड्छन्। आफ्नो विरुद्धमा प्रमाण जुटेपछि बर्खास्त हुनुपर्नेमा प्रधानमन्त्रीसँग मिठा कुरा गरेर मन्त्री मन्त्रीपरिषद् बैठकमा भाग लिन्छन्,’ , ‘सदनमा विपक्षी कर्मकाण्डी राजीनामा माग्छन् तथा गठबन्धनका सहयात्री हामी नेपाली कांग्रेस भने ‘साक्षी किनाराका सदर’ भएका छौँ।’




प्रतिक्रिया