काठमाण्डु – काठमाण्डु महानगरपालिका–२७ स्थित एक होटलबाट अवैध लागूऔषध एम्फेटामाईन १५५ ग्रामसहित ४ जनालाई दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा नुवाकोट म्यागङ गाउँपालिका–३ घर भएका ३८ वर्षीय कमल बहादुर तामाङ, ३२ वर्षीय दिपेन्द्र तामाङ, बारा जीतपुरसिमरा उपमहानगरपालिका–१६ घर भएका २९ वर्षीय उग्रेन लामा र २७ वर्षीय उमेश भोलोन छन् ।
लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई लागूऔषधसहित पक्राउ गरेको छ ।
सुनसरीको धरान उपमहानगरपालिका–१७ साकेला थानबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७६० ट्याब्लेट र डिकोलिक ८०० ट्याब्लेटसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका–१० बस्ने २४ वर्षीय अंकित राई र धरान उपमहानगरपालिका–६ बस्ने २१ वर्षीय भरत मगर रहेका छन् ।
अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई लागूऔषधसहित पक्राउ गरेको छ । लागूऔषध सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया