काठमाण्डु – सप्तरी जिल्लाको राजगढ गाउँपालिका–३ नर्घोबाट आईतबार करीब ३८९ केजी गाँजा बरामद भएको छ ।
स्थानीयको घर नजिकैको बासँघारी, शौचालय र गोठमा १२ वटा बोरामा लुकाइछिपाई राखेको अवस्थामा गाँजा फेला पारेको हो ।
गाँजा लुकाइछिपाई राखेको भन्ने सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गण सप्तरीको विशेष सूचनाको आधारमा प्रस्तावित सीमा सुरक्षा गुल्म पातो, बीओपी बनैनियाको सुरक्षा फौज र नेपाल प्रहरीको संयुक्त टोलीले बरामद गरेको छ ।
बरामद गाँजा आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरी निरीक्षक दिलकुमार श्रेष्ठले जानकारी दिए ।




प्रतिक्रिया